coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस आन्दोलनका मृतक परिवारलाई दस लाख दिने निर्णय

काठमाडौं- सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई दस लाख दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यससँगै आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गरिदिने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नेलगायतका निर्णय गरेको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

उनका अनुसार उक्त रकम गृहमन्त्रालयमार्फत् निकासा हुनेछ। कसैले आफ्नै रकमले उपचार गरे उनीहरुको खर्च पनि व्यहोर्ने निर्णय भएको महराले जानकारी दिए। उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई भने एक साताभित्र रिहाई हुनेछन्।

आज बिहान बसेको सरकार र संघीय गठबन्धनबीचको वार्ताले पनि तीन बुँदे सहमतिअनुसार मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने सहमति भएको थियो।

 

प्रकाशित: २१ श्रावण २०७३ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App