८ वैशाख २०८१ शनिबार
राजनीति

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गर्दै पाठक निर्वाचित भएका हुन्।

पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गरे। सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन्। नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन।

बागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए।

प्रकाशित: २९ पुस २०७९ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App