१६ चैत्र २०८० शुक्रबार
राजनीति

सहमतीय सरकार गठनका विषयमा राष्ट्रपतिकाे चासाे

काठमाडौं– सहमतीय सरकार गठनकालागि आफूले दिएको समय सकिनै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेतासँग परामर्श गरेकी छन्।  राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय आज सकिँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले सहमतीय सरकार गठनका विषयमा चासो व्यक्त गरेकी थिइन्।  राष्ट्रपति भण्डारीले दलहरुलाई सहमतीय सरकारकालागि पुन मौअिक आग्रह गरेकी हुन्।

राससका अनुसार प्रमुख दलका शीर्ष नेताहरुले सहमतिको सरकार गठनका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिलाई अबगत गराएका थिए। सहमतीय सरकार गठनकालागि तोकिएको समयसीमा सकिनै लाग्दासमेत सहमतिको संभावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन नेताहरुले राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए। राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहका अनुसार राष्ट्रपतिले सहमतीय सरकारलागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक रुपमा आग्रह गरेकी थिइन्।

यद्यपि समयसीमाभित्र सहमतिको सम्भावना नरहेकाले राष्ट्रपतिले सोमबार पुनः बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि एक साताको समय दिने सम्भावना रहेको साहले बताए । राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताए।

फोरम९लोकतान्त्रिक०का अध्यक्ष गच्छदारले सहमतिको प्रयासका लागि आजसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताए। सहमतिका लागि सोमबार अपराह्न २ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने नेताहरुले बताएका छन्। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुगेका थिए ।

 

 

प्रकाशित: १६ श्रावण २०७३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App