८ वैशाख २०८१ शनिबार
राजनीति

जनतालाई सांसदहरुप्रति गौरव हुने गरी काम गरौंः समाजवादी अध्यक्ष नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आफुले चुनेका सांसदहरुप्रति गौरवबोध हुने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई  सम्बोधन गर्दै उनले जन अपेक्षा अनुसार काम गर्न सांसदहरुलाई आग्रह गरे। ‘विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अगाडी बढनुपर्छ’, उनले भने।

अध्यक्ष नेपालले जनता कुरा मात्र गरिरहने तर काम नगर्ने गरे पनि उल्टो काम गर्ने प्रवृत्तिबाट अवाक भएको उल्लेख गरे। ‘भन्ने एउटा, गर्ने अर्कै नगरौं। अब जनताले कुरा मात्र गर्नेलाई होइन काम गर्नेलाई मात्र विश्वास गर्नेछन्’, उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए। ‘राष्ट्रियता, राष्ट्रिय स्वाधिनता माथि उठाउनुपर्नेछ। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेछ’, उनले भने।

अध्यक्ष नेपालले जनतासँग सरोकार राख्ने मुद्दा तथा समस्याहरुमा केन्दि«त भएर आफ्ना कामहरु अघि बढाउन सांसदहरुलाई आग्रह गरे। ‘जनजिविका, महँगी, कालोबजारी, कृतिम अभाव जस्ता समस्याहरुको सम्बोधन हुनुपर्छ’, उनले भने।

प्रकाशित: २५ पुस २०७९ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App