१५ चैत्र २०८० बिहीबार
राजनीति

सरकारले मिति देओस्, चुनाव गर्न तयार छौंः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले मिति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको बताएका छन।

‘सरकारले हामीलाई तिथिमितिसहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं,’ उनले भने, ‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आतुर , जनताको लोकतन्त्रलाई बलियो बनाउने साधन नै निर्वाचन हो।’

बुधबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यसअघि पनि दुईवटा संविधानसभाको निर्वाचन सफल रुपमा सम्पन्न गरेको उल्लेख गर्दै बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि आवधिक निर्वाचन आवश्यक रहेको बताए।  

संविधानलाई आधार मानेर ०७४ माघ ७ सम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्ने जिम्मेवारी आयोग सामु रहेको र त्यस्तका लागि आवश्यक ड्राफ्टसमेत आयोगले तयार गरिसकेको बताए।

उनले निर्वाचन आयोगले पछिल्लो समय निर्वाचनमा सक्रिय सहभागिता होस् भन्ने उद्देश्यले भोटर एजुकेशन लागू गर्ने तयारीमा लागेको जानकारी दिए। प्रदेशको निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक नीति तर्जुमा गर्नुपर्नेसमेत यादवको भनाई छ।  

 

प्रकाशित: १२ श्रावण २०७३ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App