१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस–माओवादी गठबन्धन ‘अप्राकृतिक': एमाले सचिव भट्टराई

ताप्लेजुङ– नेकपा एमालेका सचिव एवम् प्रचार बिभागका प्रमुुख योगेश भट्टराईले सरकार निमार्णका क्रममा बन्न लागेको कांग्रेस–माओवादीको गठबन्धनलाई ‘अप्राकृतिक’ गठबन्धनको संज्ञा दिएका छन्। उनले केपी ओली नेतृत्वको सरकार अल्पतमा पर्दादेखि भारतीय भूमिका बढेकोले आगामी अवस्था डर लाग्दो हुुने भयसमेत देखाएको उनले बताएका छन् ।

प्रेस चौतारी नेपाल ताप्लेजुुङ शाखाले बुधवार फुुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता भट्टराईले ओली नेतृत्वको सरकारको राजीनामा आउँदै गर्दा भारतमा देखिएको प्रसन्नताले नेपाली सार्वभौमिकता खतरामा पर्न थालेको प्रष्ट भएको बताए।

‘एमाले नेतृत्वको सरकारको राजीनामा आउँदै गर्दा भारतका नेता र भारतीय भूमिमा देखिएको प्रसन्नताले आगामी भबिष्य धरापमा पर्ने स्थिति बढ्दै गएको छ,’ नेता भट्टराईले भने। यस्तो अवस्थामा एमालेले सार्वभौमिकता र निर्णय क्षमता नगुमाउन रचनात्मक भूमिका खेल्नेसमेत बताए। बिचार मिल्ने शक्तिको एकता तोडेर नयाँ गठबन्धन बनाएको माओवादीले स्वाभिामान गुमाएको नेता भट्टराईको आरोप थियो। ७ बुँुदे सहमति गरेर सहमतीय सरकारको ढोका काँग्रेस र माओवादी आफैंले बन्द गरेको भन्दै नेता भट्टराईले यो सहमतिले राजनीतिक सन्तुलनमा अझ बढी निष्प्रभावी भूमिका खेल्ने समेत दावी गरे।

नेता भट्टराईले हिमाली र पहाडी जिल्लाका गाँउपालिका निमार्णका लागि तोकिएको सीमालाई परिस्कृत गर्नुुपर्ने एमालेको धारणा रहेको बताए। बढीमा १ हजार जनसंख्यासम्मका गाँउपालिका बनाउन एमालेले लबिङ थाल्ने उनले जानकारी दिए। स्वायत्त क्षेत्र निर्धारण तथा गाँउपालिकाको संख्या निर्धारण आयोगले भने देशभरका ३ हजार १ सय ५७ गाविस मध्येबाट ५ सय ६५ गाँउपालिका बनाउने प्रस्ताव गरिसकेको छ। उनले हिमाली र र्दुुगम क्षेत्रका एउटै सम्प्रदाय रहेको इलाकाको सीमा बिभाजन नगर्ने बिषयमा समेत एमालेले ध्यान दिएको जानकारी दिए।

संविधान निमार्णमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै नेता भट्टराईले संविधान जारी हुनुु दुुई दिनअघि भारतका नेताले संविधान निमार्ण प्रक्रिया केही दिन रोक्न गरेको आग्रहलाई एमालेले नस्विकार्दा नै समस्या देखिएको बताए।

‘जसले उ बेला संविधान निमार्णका क्रममा आएको भारतको प्रस्ताव स्विकारेर संविधान निमार्णमा खुुट्टा कमाए, उसैले हामीलाई यो अभियानमा भूमिकाहिन भएको आरोप लगाँउदा जनताले पत्याउदैनन्,’ उनले भने। संसदमा एमालेको आगामी भूमिका लगभग रचनात्मक प्रतिपक्षीको हुुने बताउँदै उनले भूकम्पपछिको राष्ट्रिय पुननिर्माण, तहगत निर्वाचन, एमाले नेतृत्वको सरकारले ल्याएको बजेटसहित नीति तथा कार्यक्रम कार्यान्वयन एमालेको  आगामी कार्यभार हुुने उनले बताए। संसदमा हँंदा कार्यान्वयन र प्रतिपक्षमा हुुँदा दवावको राजनीति एमालेको मुख्य बिशेषता रहँदै आएको उल्लेख गरे। संसदबाट आर्थिक बिधयेक पास हुने बित्तिकै प्रधानमन्त्रीले संसदबाटै राजीनामा दिने एमालेको योजनामा माओवादीले दिएको धोका राजनीतिक रुपमा अलोकतान्त्रिक रहेको नेता भट्टराईको टिप्पणी थियो।

 

प्रकाशित: १२ श्रावण २०७३ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App