८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिमा इमान्दारिताको खाँचो छ: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएका छन्।

उनले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा अनिवार्य रहेको स्पष्ट पारे। पूर्व प्रधानमन्त्री नेपालले राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो रहेको औँल्याए।

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २६औँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले भने, 'पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भत्र्सना गर्नुपर्छ, हाम्रो पार्टी राजनीतिक स्थिरताको पक्षमा छ, पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन।'

उनले जनताले पत्रकार र पत्रकारिताप्रति ठूलो विश्वास गरेको बताउँदै पत्रकारिताप्रति जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २३ पुस २०७९ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App