coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले आज संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

संघका अध्यक्ष राजिव पहारीले ग्रैह जिम्मेवार अभिव्यक्ति दिने सांसद सिंहलाई कारबाही गर्नु पर्ने बताए। गोंगबु चोकमा विरोध सभामा बोल्दै पहारीले सिंहले अराजनीतिक भाषा प्रयोग गरेको बताए। उनले आफ्नो भनाई प्रमाणित गर्न चुनौति समेत दिए। उनले देशव्यापीरुपमा सिंहका विरुद्ध भण्डाफोर गर्ने चेतावनी दिए।

 

 

 

प्रकाशित: ८ श्रावण २०७३ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App