१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

काठमाडौं– पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले संविधान जारी भएपछिको पहिलो सरकारलाई ढाल्न ९ महिनामै अविश्वासको प्रस्ताव आउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

दलहरु मिलेर चुनौतीको सामना गर्नु पर्नेमा फुटेर जानु राम्रो नभएको उनले बताएका हुन्। व्यवस्थापिका संसदका प्रधानमन्त्रीका छन्। संविधानले नसोचेर नभई सोचेर जानीजानी प्रधानमन्त्रीको बारेमा संक्रमणको धारामा केही कुरा नराखेको उनले बताए।

‘सरकार छिटोछिटो परिवर्तन नहोस् भन्ने आशयका साथ नै संविधानले यो विषयमा नबोलेको हो,’ उनले भने, ‘आफै सामेल सरकारले गरेको काम यो भएन र त्यो भएन भन्ने आरोपसहित अविश्वासको प्रस्ताव आफैले गर्नु यो कस्तो विडम्बना हो।’

 

प्रकाशित: ७ श्रावण २०७३ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App