coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

काठमाडौं-  नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भद्र सहमति शब्दलाई नेपालको राजनीतिमा प्रयोग नगर्दानै राम्रो हुने बताएका छन्। संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे बोल्दै दाहालले भद्र सहमतिले सँधै अविश्वास पैदा गरेको बताए। 'नेपालमा यतिवेला एउटा शब्द प्रचलनमा छ भद्र सहमति', उनले भने, 'तर यो अविश्वासको कारण पनि बनेको छ। यसलाई अब प्रयोग नगर्दा पनि हुन्छ।' उनले प्रधानमन्त्री ओलीसँगको भद्र सहमतिले तितो ल्याएको बताए।

दाहालले ९ महिना अघि केपी ओलीलाई प्रधानमन्त्रीमा राष्ट्रिय एकता र सहमतिको लागि प्रस्ताव गरेको र अहिले पनि सरकारका विरुद्ध अविश्वासको प्रस्ताव राष्ट्रिय एकता र सहमतिको लागि भएको दावी गरे।

दाहालले प्रधानमन्त्रीले संघीयता मन नपरेको बताउँदै आएकोमा कडा टिप्पणी गरे। उनले प्रश्न गरे कतै प्रधानमन्त्री ओली ज्यूलाई गणतन्त्र पनि मन नपरेको त होइन? उनले भने, 'उहाँको मित्रता गणतन्त्र मननपराउनेहरु सँग भएकोले शंका उब्जाएको छ।' दाहालले ओली इगो सेन्ट्रक भएको बताए। प्रधानमन्त्रीले संयुक्त सरकार हो भन्ने भुलेर अहंकार देखाएको बताए। उनले भने 'प्रधानमन्त्रीले माओवादीलाई भर्याङ बनाएर सिद्धाउन खोज्नु भो।'

दाहाले सबैले आफ्नो धरातल विर्सन नहुने बताए। उनले धर्ति छोड्दा धेरै कुरा विग्रने बताए।

'राजनीति सभ्मावनाहरुको खेल हो राजनीतिमा असम्भव भन्ने केही हुँदैन' उनले भने 'अहिले उहाँविरुद्ध अविश्वासको प्रस्ताव टेवुल गराउँदैछु यसले पनि त्यसलाई पुष्ट्रि गरेको छ।' दाहालले नेपाल असाधारण राजनीतिबाट गुज्रेको बताए।

सरकारको अविश्साको प्रस्ताव आएपछि मात्र संसदका कुर्सी किन भरिए र सरकारले काम गर्दा किन कुर्सी भरिएनन् भन्दै प्रश्न गरे। यस अघि अर्थमन्त्री विष्णु पौडेलले संसदमा बोल्दै संसदमा कुर्सी भरिएकोमा खुशी व्यक्त गरेका थिए।

उनले संसदीय राजनीतिमा पार्टीले आफ्नो प्रभुत्व खोज्ने बताउँदै संसदीय प्रक्रियामा समिकरण बन्ने र समिकरण भत्कने बताए।

उनले राजनीतिक प्रक्रियामा माओवादी केन्द्र भिन्न पृष्ठभूमिमा आएको बताउँदै शान्ति प्रक्रिया कसरी अन्तिम निष्कर्षमा पुग्छ भन्ने चिन्ता रहेको बताए।

 

प्रकाशित: ७ श्रावण २०७३ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App