७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौं, ६ साउन ।  बिहीबार ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक आजै दुई बजेसम्मका लागि स्थगित गरिएको छ। दलहरुबीच सहमति प्रयास भइरहेको भन्दै संसद बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको हो।

सभामुख ओनसरी घर्ती र प्रमुख दल दलका शीर्ष नेताको बैठक जारी रहेका कारण  दुई बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयका  सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए।

दलहरु आ–आफ्नो अडानमा रहेपछि सभामुख घर्तीले सहमतिको प्रयास गर्दै राजनीतिक भेटघाट र परामर्शलाई तीव्रता दिएकी छन्।   सत्तापक्ष यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयक पहिला पारित गनुपर्ने अडानमा छ भने कांग्रेस–माओवादी संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफल पहिला गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेससँग मिलेर गत बुधबार संसदमा  अविश्वासको प्रस्ताव गर्दा गराएपछि सभामुख ओनसरी घर्तीले यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयकलाई कार्यसूचिबाट हटाएर अविश्वासको प्रस्तावमाथि छलफलका लागि समय तोकेपछि दलहरुबीच विवाद बढ्दै गएको छ।

प्रकाशित: ६ श्रावण २०७३ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App