९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी  सरकार बनाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड दिए। गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको उनले बताए।

सरकारले २० जनासम्मको मन्त्री मण्डल बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने बताए। देशको अर्थतन्त्र नाजुक अवस्थामा रहको भन्दै अर्थतन्त्रको सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: १९ पुस २०७९ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App