१६ चैत्र २०८० शुक्रबार
राजनीति

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न कांग्रेसले सरकारलाई आग्रह गर्ने

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड गर्ने निर्णय गरेको छ। बर्तमान सरकारको विकल्प खोज्नलाई अविश्वासको मत बहुमतले पारित गर्न जोड गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरिले जानकारी दिए।

यस्तै चिकित्सा क्षेत्रको सुधारको माग राख्दै आठौं पटक अशन बसेका डा. गोविन्द केसीसँग भएका पूर्व सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको घिमिरेले बताए। कांग्रेसले भातृ संगठनको महाधिवेशन गर्न तत्काल संयन्त्र बनाउने भएको छ।  

समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।
बैठकका सुरुमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए।

 

प्रकाशित: ४ श्रावण २०७३ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App