coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन

स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा निकालेकाे र्याली। तस्बिर: मुक्तिप्रसाद न्याैपाने

पाल्पा–प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार पाल्पा सदरमुकाम तानसेनमा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाउँदै तानसेन परिक्रममा गरेको हो।

प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएकोले प्रदर्शन कार्यक्रम आयोजना गरिएको उनीहरुले बताएका छन्। ¥यालीपछि आयोजित कोणसभामा बोल्दै अभियान्ता धनपति गैरेले प्रधानमन्त्री एउटा राजनीतिक दलको स्वार्थमामात्र काम नगरेर सबैको हितमा काम गरेको बताए। राजनीति सत्ताकालागि मात्र नभइ देशका जनताका लागि हो भन्ने कुरा प्रधानमन्त्री ओलीले पुष्टि गरेको बताए। 

‘राष्ट्रको सेवामा काम गरिरहेका व्यक्तिलाई अविश्वासको प्रस्ताव ल्याएर माओवादी र कांग्रेसले ऐतिहासिक भूल गरेको छ,’ उनले भने। प्रदर्शनमा उत्रिएका युवाहरुले हाम्रो देश हाम्रो बोली, ‘आइएम वीथ केपी ओली’ नारा लगाएका थिए ।  प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन काम गरेकाले उनको समर्थनमा प्रदर्शन गरेको अभियानले जनाएको छ ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App