८ वैशाख २०८१ शनिबार
राजनीति

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

उदयपुर–नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

कार्कीले संघीयता, गणतन्त्र, धर्मनरिपेक्षता, सामवेशी र समानुपातिकजस्ता हिजो माओबादीले उठाएका परवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार चाहिएको बताए। पार्टीमा बौद्धिक नेताको रुपमा चिनिएका कार्कीले संसददीय मुल्य मान्यता अनुसार प्रजातान्त्रिक अभ्यास अनुसार प्रधानमन्त्री केपी ओलीलाई बहुमतले हटाई राजीनामा दिलाएर नयाँ सरकार बनाउने बताए।

सार्वभौम अधिकार सम्पन्न संसदमा बहुमतले अविश्वासको प्रस्ताव दर्ता भइसकेको बताउँदै उनले ओली सरकार भूकम्प, नाकाबन्दी, संविधान कार्यान्वयनलगायत समस्यामा पूर्णतः असफल भएको आरोप लगाए। ‘एमाले नेतृत्वको सरकार भूकम्प, नाकाबन्दी, संविधान कार्यान्वयनजस्ता सम्बेदनशील विषयमा पटक्कै गम्भीर देखिएन’, कार्कीको भनाइ थियो, ‘जनताका जल्दाबल्दा समस्याप्रति चासो नराख्ने, खाली ठट्यौली कुरा मात्र गर्ने सरकारको काम छैन भन्ठानेर माओवादी सरकारबाट बाहिरिएको हो।’

ओली सरकार लामो समयदेखि आन्दोलनरत मधेसी, आदिवासी जनजातिलगायतका दलहरुलाई वार्ताबाट समस्या समाधान गर्नुपर्ने कार्कीको भनाइ थियो। आन्दोलनरत दलका माग पूरा गर्न वार्ताको टेबलमा ल्याउनेतर्फ ओलीले चासो देखाउनुको साटो वार्ताका लागि पत्राचार गरेको भन्दै चुपचाप बस्नु गैरजिम्मेवार भएको भनाइ राखे। ‘मधेसी दलहरु आन्दोलन गरिरहने, ओली सरकार आन्दोलन गर्नेलाई मार्दै जनही १० लाख तिरिरहने ?’ कार्कीले प्रश्न गरे ‘यस्ता यस्ता उट्पट्याङ गतिबिधि गरिरहने सरकारलाई माओबादीले कसरी साथ दिइरहन सक्छ ?’

ओली सरकारको आयु साउन ६ गतेसम्म मात्र भएको मिति घोषणा गर्दै कार्कीले संसद विघटनको धम्की, राष्ट्रवादीताको नारा र सरकार ढाल्न कसैलाई अधिकार छैन भन्ने चिच्याहट र रोईकराई गर्नुको साटो राजीनामा दिएर देशको समस्यालाई निकास दिन उनले सुझाव दिए । खोक्रो राष्ट्रवादको नारा लगाउदै बुहमत गुमाईसकेको सरकारमा बसिरहनु लाजमर्नु विषय भएको टिप्पणी गर्दै जतिसक्दो छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्नसक्यो त्यत्ति राम्रो हुने सुझाव उनको थियो । भूकम्प पीडितको दर्दनाक समस्या टुलुटुलु हेरेर बसिरहेको सरकार पुननिर्माण प्राधिकरण बनाएर पर्यटकजस्तो विदेश भ्रमणमा पठाउदै बसेको आरोप पनि उनले लगाए ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App