नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन।काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशको आज(सोमबार)को बैठकले चौधरीलाइ सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो। चौधरी दाङ क्षेत्र नं. ३(१)बाट प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित भएका हुन। उनी माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकारमा प्रदेशको ग्रामीण,पर्यटन तथा शहरी बिकास मन्त्री छन।
आइतबार नै दलको नेता चयन गर्ने भनिएपनि सहमती नजुटेपछि आज (सोमबार) बिहानलाइ बैठक सारीएको थियो। दलको नेताकालागि सांसदहरु अब्दुल रज्जाक,राजु खनाल र बीरबहादुर राना पनि आकाँक्षी थिए। तर सोमबार बिहान सम्ममा चौधरीको पक्षमा सहमती जुट्यो। दलको नेता चयनकालागि काँग्रेस नेता चन्द्र भण्डारी,लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुन लगायतका नेताहरु शनिबार देखि नै दाङमा थिए।
प्रकाशित: १८ पुस २०७९ ०६:२४ सोमबार