८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं–महाधिवेशन भएको चार महिना पूरा भइसक्दासमेत पार्टी विधान अनुसार काम हुन नसकेको भन्दै चर्को आलोचना भएपछि सभापति शेरबहादुर देवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। मंगलबार बोलाइएको बैठकमा  पदाधिकारी नियुक्तदेखि नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ।

कांग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग, केन्द्रीय कार्यसमिति, पदाधिकारी, संसदीय समिति तथा कार्यसम्पादन समितिले पूर्णता पाइसक्नुपर्ने उल्लेख छ। तर महाधिवेशन भएको चार पहिना पूरा भइसक्दासमेत ती काम हुन नसकेको भन्दै नेता रामचन्द्र पौडेल पक्षधरले सभापति देउवाको चर्को अलोचना गर्दै आएका छन्।

पौडेलले पार्टी निर्णयमा आफ्नो पक्षलाई सहभागी नगराएको भन्दै सभापति शेरबहादुर देउवालाई आइतबार भेट गरी असन्तुष्टि जनाएका थिए। उनीहरुले पार्टीमा बृहत छलफल गरेर मात्रै निर्णय नेतृत्वलाई दबाब दिँदै आएका छन्।माओवादीसँग नयाँ गठबन्धन बनाउनेसहितका पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा आफ्नो पक्षलाई सहभागी नगराएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।

नयाँ सत्ता साझेदारी, पार्टी पदाधिकारी नियुक्ति, विभाग गठनका साथै भ्रातृ संगठनको महाधिवेशनका विषयमा पनि पौडेलपक्षले चासो राख्दै आएको छ। सबै प्रक्रियामा आफ्नो पक्षलाई सहभागी गराउन सभापतिसँग आग्रह गर्दै पौडेलपक्षीय नेताले पदाधिकारीसहित सबै नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेपछि सभापतिले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।
 

सभापति देउवाले सरकार परिवर्तनका विषयमा आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै पौडेलपक्ष आक्रोशित हुँदै आएको छ। अन्तरपार्टी र आन्तरिक निर्णयमा पौडेलपक्षलाई सहभागी गराउनुपर्नेमा उनीहरुले जोड दिँदै आएका छन्।  

 

प्रकाशित: ३ श्रावण २०७३ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App