८ वैशाख २०८१ शनिबार
राजनीति

एकीकृत समाजवादी सरकारमा सहभागी हुने,नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन्।

आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीले भोलि (सोमबार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए।

पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने उनको भनाइ छ। उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताए।  

प्रकाशित: १७ पुस २०७९ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App