coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्। नेकपा एमालेको संसदिय दलको नेतामा पोलिटव्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिंह रावल र माओवादी केन्द्रको संसदिय दलको नेतामा खगराज भट्ट निर्वाचित भएका छन्।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यमा शनिबार बसेको प्रदेश शभा सदस्यहरुको बैठकले रावललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो। भने माओवादी केन्द्रको आइतबार बिहान वसेको बैठकले सर्वसम्मत रुपमा भट्टलाई दलको नेता चुनेको हो। एमालेका नेता रावल समानुपातिक निर्वाचन तर्फबाट प्रदेशशभा सदस्यमा निर्वाचित भएका हुन्। भने भट्ट डडेल्धुरा बाट निर्वाचित भएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रले संसदिय दलको नेता चयन गरेसँगै रावल र भट्ट मध्य सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भनेर चर्चा परिचर्चा शुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत पुगेको छैन।

६ राजनीतिक दलको प्रतिनिधीत्व रहेको सुदूरपश्चिम प्रदेश शभामा सत्ता गठबन्धनका ४ राजनीतिक दल रहेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र राप्रपा रहेका छन्।

सुदूरपश्चिम प्रदेश शभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने संसदीय दलको नेता चयन गरिसकेको छैन। केन्द्र्रमा सत्ता गठबन्धन दलका नेताहरुको सहमती अनुसार नै सुदूरपश्चिम प्रदेशमा कुन राजनितिक दलले सरकारको नेतृत्व गर्ने भनेर टुंगो लाग्ने छ।

नेकपा एमालेको भागमा परेमा रावल मुख्यमन्त्री बन्ने भएका छन भने माओवादी केन्द्रको भागमा परे भट्ट मुख्यमन्त्री बन्ने छन्। सुदूरपश्चिम प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ने भनेर केन्द्रमा सत्तागठबन्धनका नेताले टुगंो लगाउने नेकपा एमालेका नेता रावल बताउँछन्।

नेकपा एमालेले सिनियर नेताहरु रहेका अन्य प्रदेशहरुमा सरकारको नेतृत्वमा दावी गरेर सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रलाई छोड्न सक्ने नेकपा एमालेका एक नेताले बताए। यसैले डडेल्धुरामा ३ पटक शेरबहादुर देउवा सँग चुनाव हारेर यसपटक देउवाकै सहयोगमा डडेल्धुराबाट प्रदेश शभा सदस्यमा निर्वाचित भट्टको मुख्यमन्त्री बन्ने संभावना बलियो देखिएको छ।

सत्तागठबन्धन दलहरुका शिर्ष नेताहरुबीचको सहमतीले नै टुंगो लाग्ने भएपनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनेमा बिश्वस्त रहेको भट्ट बताउँछन्। सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलमा माओवादी केन्द्रको सबैभन्दा बढी सासंद भएकाले पनि सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने उनी बताउँछन्।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नागरिक उन्मुक्ती पार्टीले पनि दावी गरिरहेको छ। नागरिक उन्मुक्ती पार्टीको संसदिय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन्। नागरिक उन्मुक्ती पार्टीका प्रवक्ता दामोदर पण्डितले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टी सहभागी हुने बताए। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको उनले बताए।

माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ती पार्टी ७ र राप्रपा १ गरेर सत्ता गठबन्धन दलसँग २९ सासंद छन्। ५३ ससंदीय प्रदेश शभामा सरकार बनाउन २७ सासंद आवश्यक हुन्छ। सुदूरपश्चिम प्रदेशशभामा नेपाली कांग्रेस १९, नेकपा एस ४ र एक स्वतन्त्र सासंद छन्।

प्रकाशित: १७ पुस २०७९ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App