८ वैशाख २०८१ शनिबार
राजनीति

'संविधानप्रतिको असन्तुष्टि साम्य पार्न सरकार ढाल्नु बाध्यता'

काठमाडौं— सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकार ढाल्नु पर्नाका कारणबारे स्पष्ट पारेका छन्। उनीहरुले नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन्।

संसदमा बुधबार कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी संयुक्तले दर्ता गरेको अविश्वास प्रस्तावमा संविधानप्रति असन्तुष्ट दल र पक्षका आवाज सरकारले गम्भीरतापूर्वक नसुनेको उल्लेख छ।

वर्तमान सरकार भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, मुलुकमा सुशासन कायम गर्न, शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिमा टुङ्ग्याउन पूर्णरुपमा असफल भएको दर्ता अविश्वास प्रस्तावमा उल्लेख छ।

रहरले नभई बाध्यताले अविश्वास प्रस्ताव दर्ता गर्नुपरेको दलका नेताहरुले जिकिर गरेका छन्।

याे संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन्। संसदमा बुधबार कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी संयुक्तले दर्ता गरेको अविश्वास प्रस्तावमा संविधानप्रति असन्तुष्ट दल र पक्षका आवाज सरकारले गम्भीरतापूर्वक नसुनेको उल्लेख छ।


काँग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले बुधबार अपरान्ह वर्तमान सरकारविरुद्ध नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

प्रस्ताव दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले सरकार अल्पमतमा परेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

सरकारको प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले भने 'हामीले राजनीतिक रिक्ततालाई अगाडि बढाउन अविश्वासको प्रस्ताव दर्ता गरेका हौं।' 

उनले माओवादी केन्द्रको पहलकदमीमा काँग्रेसले उक्त प्रस्ताव दर्ता गरेको जानकारी दिए। काँग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी संयुक्तले दर्ता गरेको सो प्रस्तावमा वर्तमान सरकार भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, मुलुकमा सुशासन कायम गर्न, संविधानप्रति असन्तुष्ट दल र पक्षलाई सहमतिमा ल्याउन, शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिमा टुङ्ग्याउन पूर्णरुपमा असफल भएकाले प्रस्ताव दर्ता गर्नुपरेको उल्लेख छ। 

प्रस्तावमा सरकारमा सहभागी दोस्रो ठूलो दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परे पनि राजीनामा गरी मार्गप्रशस्त नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको उल्लेख छ। 

प्रस्ताव दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सबैसँग छलफलको प्रयास गरिरहेको जानकारी दिए। 

‘हामीले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौँ, अब संविधान र संसद् नियमावलीअनुसार प्रक्रिया अघि बढ्छ', उनले भने। 

कांग्रेस केन्द्रिय समिति र माओवादी संसदीय दलको आज बिहान छुट्टाछुट्टै बसेको बैठकले सरकार अल्पमतमा रहेकाले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालेका थियो।

प्रकाशित: २९ असार २०७३ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App