८ वैशाख २०८१ शनिबार
राजनीति

उपप्रधान तथा परराष्ट्र मन्त्री थापा आजदेखि मन्त्रालय नजाने

काठमाडाैं-उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आजैका दिनदेखि मन्त्रालयमा हाजिर नहुने र नीतिगत निर्णय पनि नगर्ने जनाएका छन्। राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण सरकार नैतिक संकटमा परेको भन्दै यो अवस्थामा मन्त्रालयमा साविक अवस्थामा जस्तो काम गर्नु उचित नहुने भन्दै यस्तो निर्णय लिएको राप्रपा नेपालका केन्द्रिय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

राप्रपा नेपालको आजै बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाबारेमा निर्णय लिने केन्द्रिय सदस्य बर्तौलाले जानकारी दिए।

राप्रपा नेपालले अब बन्ने सरकारमा भाग लिने या नलिने भन्ने पनि बैठकबाट निर्णय गर्ने उनले बताए।

प्रकाशित: २९ असार २०७३ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App