१५ चैत्र २०८० बिहीबार
राजनीति

अाेली सरकार ढाल्न कांग्रेस-माओवादीबीच भएको ७ बुँदे सहमतिमा के छ? [Exclusive]

लहान—मंगलबार अपरान्ह माओवादी केन्द्रले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घोषणा गर्‍यो— 'हामी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं। कांग्रेससँग नयाँ सरकार गठनको लिखित सहमति भइसक्यो।' सञ्चारकर्मीले सोधे दुई दलबीच के सहमति भएको हो? माओवादी नेता कृष्णबहादुर महराले जवाफ दिए,  
‘तपाइँहरुले भोलि बुधबारसम्म थाहा पाइहाल्नुहुन्छ कांग्रेससँग लिखित सहमति भएको छ।’

नागरिकन्युजले कांग्रेस र माओवादीबीच भएको त्यो गोप्य सम्झौतापत्र हात पारेको छ। (सहमतिपत्रको डिजिटल कपी तल हेर्नुहोस्)

तराइको असन्तुष्टि सम्बोधन गरिने

सम्झौताको पहिलो बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने विषय उल्लेख छ। कांग्रेस नेतृत्वसँग निरन्तरको छलफलपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच सरकार फेर्ने लिखित सहमति भएको हो।

स्रोतका अनुसार सहमति ड्राफ्ट गर्ने बेला मधेसी मोर्चाका एक घटक समेत उपस्थित थिए। दहालले देउवालाई अघि सारेर पहिलो पटक सत्ता फेर्ने बेला ब्यक हुँदा दुवैबीच अविश्वास बढेको थियो। यी दुई नेताबीच विश्वासको वातावराण वनाउन समेत ती मधेसी नेताले प्रमुख भूमिका निर्वाह गरेको स्रोतले बतायो। यसले नयाँ बन्ने सरकारमा मधेसी दलहरु पनि समावेश हुन सक्ने सम्भावना बलियो देखिएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादीबीच अाेली सरकार ढालेर नयाँ सरकार गठन गर्न ७ बुँदे लिखित सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको १ नम्बर बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ।

मधेसवादी दल सरकारमा जानसक्ने

मधेसवादी दलहरुले कांग्रेस र माओवादी बीचको समीकरणलाई समर्थन जनाउने आधार दुवै दलबीच भएको सहमतीको पहिलो बँदा बन्ने देखिएको छ। सो बुँदामा मधेस आन्दोलन, थारु आन्दोलन, आदिवासी जनताजातीको अधिकार संविधान संशोधनमार्फत पुरा गर्ने उल्लेख।

सहमती पत्रमा नेपालको संविधानलाई सबै नेपालीबीच सर्वस्वीकार्य बनाउने वातावरण बनाउन, संविधान कार्यान्वयन गर्न, भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न, बेरोजगारी महँगी कालोबजारी, नेपाली समाजमा व्याप्त असन्तोष र निराशा समाप्त गर्दै देशलाई शान्ति स्थिरता र आर्थिक सम्वृद्धितर्फ अग्रसर गर्ने प्रतिवद्धता समेत ब्यतm गरिएको छ।

७ बुँदे सम्झौतामा माओवादीले एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने बुँदा समेत उल्लेख छ। सोही बुँदाअनुसार मंगलबार माओवादी सरकारबाट बाहिरिएको प्रस्ट भएको छ।

यस्तो छ कांग्रेस-माओवादी ७ बुँदे सम्झौता

 

प्रकाशित: २८ असार २०७३ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App