८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले मानेन माओवादी प्रस्ताव

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमति सरकार गठन सम्भव नरहेको जनाउँदै वैकल्पिक सरकारको पक्षमा रहेको स्पष्ट पारेको छ। राष्ट्रिय सहमतीय सरकार गठनको पहल गर्ने पार्टी निर्णयअनुसार कांग्रेस समर्थन जुटाउन सोमबार दिउँसो उसकै संसदीय दलको कार्यालय सिंहदबार पुगेका नेकपा माओवादी केन्द्रका नेतालाई पार्टी त्यसको पक्षमा नरहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै कांग्रेसलाई पटक–पटक सरकारमा सहभागी हुन र राष्ट्रिय सहमतिको स्वरूप दिन प्रस्ताव गरेको जनाउँदै पार्टी अहिले त्यसको पक्षमा नरहेको बताएका हुन्। 'हामीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्तावलाई अस्वीकार गरिसकेका छौं,' कांग्रेस नेता विमलेन्द्र निधिले भने, 'वैकल्पिक सरकारका विषयमा पार्टी छलफल गर्न तयार छ।'

कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसँग कांग्रेसको कुनै दुष्मनी नरहेको जनाउँदै पार्टी राष्ट्रिय सहमतिको सरकारको पक्षमा नभएको माओवादीलाई नेतृत्वलाई बताएका थिए। माओवादी अध्यक्ष दाहालले राष्ट्रिय सहमति सरकार गठनका लागि कांग्रेससँग समर्थन खोजेको जनाउँदै नेता निधिले सभापति देउवाले पार्टी त्यसको पक्षमा नरहेको जवाफ दिएको बताए। 'माओवादी अध्यक्षले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि कांग्रेसको समर्थन माग्नुभयो,' उनले भने, 'उहाँले अहिले सम्भावना छैन भन्ने जवाफ दिनुभयो।'

प्रमुख दल मिलेर सरकार गठन गर्नुहुन्न भनेर नै तत्कालीन पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएको स्मरण गर्दै देउवाले त्यसपछिका दिनमा ओलीले आफ्नो नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिन आग्रह गरेको सुनाएका थिए। 'उहाँसँग कुनै व्यक्तिगत दुश्मनी भएर सरकारमा नगएका होइनौं,' सभापतिलाई उद्धृत गर्दै निधिले भने, 'उहाँकोमा नजाने, तपाईंकोमा जाने कुरा हुँदैन, अहिले त्यो सम्भव छैन।'

जवाफमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीसहित अन्य दलसँगको छलफलपछि पुनः कांग्रेससँग बैठक गर्ने भन्दै बाहिरिएका थिए। त्यसअघि कांग्रेसका दोस्रो तहका नेताबीच सिंहदबारमा भएको छलफलपछि दुई नेताको भेटको समय मिलाइएको थियो।

प्रकाशित: २८ असार २०७३ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App