६ वैशाख २०८१ बिहीबार
राजनीति

नेमकिपा सरकारमा नजाने

संसदमा प्रतिनिधित्व गरेका सबैजसो राजनीतिक दलहरु सरकारमा जान रस्साकस्सी गरिरहेको बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकारमा नगई प्रखर प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेको छ। निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा वस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको र त्यही जनताको मतको कदर गरी प्रखर प्रतिपक्षमा रहने जनाएको हो।

पार्टीका केन्द्रिय सचिव संघीय सांसद प्रेम सुवालले सेवा निवृत शिक्षक समाजले बुधबार भक्तपुरमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन्। हामी केन्द्र र प्रदेश कुनै पनि सरकारमा जाँंदैनौ, बरु जनताको पक्षमा आवाज बुलन्द गरी प्रखर प्रतिपक्षमा रहछौं, सुवालले भने।

पार्टीबाट संघीय संसदमा सुवाल एक्लै छन्। पार्टीबाट बागमति प्रदेशमा भने तीन जना छन्। सुरेन्द्रराज गोसाई प्रत्यक्ष र सृजना सैंजू तथा गीता काफ्ले समानुपातिक गरी बागमति प्रदेशमा पार्टीबाट तीन जना सांसद छन्।

त्यसो भए पनि बागमति प्रदेशमा पनि प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए। कार्यक्रममा बागमति प्रदेशका सांसदहरु गोसाई, सैंजू र काफ्ले तीन नै जनाले पनि संसदमा जनताको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहने प्रतिवद्धता व्यक्त गरे।   

प्रकाशित: १३ पुस २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App