७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेश: नयाँ सत्ता समीकरणमा को बन्ला मुख्यमन्त्री?

सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत नपुगेकाले गठबन्धन गरेर निर्वाचन लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादी तीनै दलले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागी दाबी गरेका थिए। तीनै दलका सम्भावित मुख्यमन्त्रीले केन्द्रका शिर्ष नेताहरु सँग तिव्र लविङ समेत गरिरहेका थिए। नेपाली कांग्रेसबाट सबैभन्दा बढी करिब आधा दर्जन प्रदेशशभा सदस्यले मुख्यमन्त्रीको दाबी गरिरहेका थिए।

केन्द्रमा चमत्कारीक रुपमा नयाँ सत्ता समिकरण बनेसँगै सुदूरपश्चिम प्रदेशमा पनि राजीनितिक परिदृष्य बदलिन पुगेको छ।

६ राजनीतिक दलको प्रतिनिधीत्व रहेको सुदूरपश्चिम प्रदेश शभामा सत्ता गठबन्धनका ४ राजनीतिक दल रहेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र राप्रपा रहेका छन्।

अहिलेसम्म सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा  नेकपा एमाले र माओवादी केन्द्रको दाबी देखिएको छ। नगरिक उन्मुक्ती र राप्रपाले सरकारमा नजाने बताएका छन् भने सुदूरपश्चिम प्रदेशशभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको छ। केन्द्र्रमा सत्ता गठबन्धन दलका नेताहरुको सहमती अनुसार नै सुदूरपश्चिम प्रदेशमा कुन राजनितिक दलले सरकारको नेतृत्व गर्ने भनेर टुंगो लाग्ने छ।

नेकपा एमालेको भागमा परेमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिंह रावलको मुख्यमन्त्रीमा बढी सम्भावना रहेको नेकपा एमालेका एक नेताले बताए। रावलले भने मुख्यमन्त्रीको दाबीको बारेमा अहिलेसम्म केहि वोलेका छैनन्।

एमालेबाट प्रदेश समिती सचिव धर्मराज पाठकलाई पनि मुख्यमन्त्रीको दावेदारको रुपमा हेरिएको छ। उनले पनि अहिलेसम्म आफ्नो दावीको बारेमा वोलेका छैनन्।

सुदूरपश्चिम प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ने भनेर केन्द्रमा सत्तागठबन्धनका नेताले टुगंो लगाउने नेकपा एमालेका नेता रावलले बताए। केन्द्रको सहमती अनुसार नै प्रदेश सरकार गठन हुने उनको भनाइ छ।

नेकपा एमाले प्रदेश समितीका सचिव धर्मराज पाठकले प्रदेश शभा सदस्यले पुस १५ गते सपथ खाएपछि नेकपा एमालेको संसदिय दलको नेता चुनिने बताएका छन्। एमालेको भागमा परेमा संसदिय दलको नेताले नै सरकारको नेतृत्व गर्ने उनले बताए। प्रदेश स्तरमा अनौपचारिक रुपमा सरकारका बारेमा छलफल भएपनि केन्द्रमा शिर्षनेताहरुको बिचको सहमती पछि मात्रै आकार लिने उनी बताउछन्।

नेकपा एमालेका सिनियर नेताको अन्य प्रदेशमा दाबी भएकाले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढी भएको नेकपा एमालेका एक नेताले बताए।

माओवादी केन्द्रको भागमा परेमा डडेल्धुराबाट निर्वाचित माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज खगराज भट्टको मुख्यमन्त्रीमा बढी सम्भावना रहेको छ। मुख्यमन्त्रीमा ओम प्रकाश भाट सरल पनि दाबी गरेका छन्।

प्रधानमन्त्री शेर बहादुर देउवा सँग ३ पटक डडेल्धुरामा निर्वाचन हारेका भट्ट मुख्यमन्त्री आफू हुनेमा बिश्वस्त छन्। सत्तागठबन्धन दलहरुका शिर्ष नेताहरु बिचको सहमतीले नै टुंगो लाग्ने भएपनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने आफूहरुको दाबी रहेको उनी बताउँछन। सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलमा माओवादी केन्द्रको सवैभन्दा बढी सासंद भएकाले पनि आफ्नो दावी स्वभाविक हुने उनको भनाइ छ।

अहिले सरकारमा नजाने भनेको नागरिक उन्मुक्ती पार्टीले सरकारमा जान मन्जुर भएर मुख्यमन्त्री दाबी गरेमा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नागरिक उन्मुक्तीको भागमा पर्ने सम्भावना पनि जिवित छ।

माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ती पार्टी ७ र राप्रपा १ गरेर सत्ता गठबन्धन दल सँग २९ सासंद छन्।

५३ सदस्यिय प्रदेशशभामा सरकार बनाउन  २७ सासंद आवश्यक हुन्छ। सुदूरपश्चिम प्रदेश शभामा नेपाली काग्रेस १९, नेकपा एस ४ र एक स्वतन्त्र सासंद छन्।

प्रकाशित: १२ पुस २०७९ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App