१६ चैत्र २०८० शुक्रबार
राजनीति

बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय हुन सक्दैनः नेता नेपाल

काठमाडौँ– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय सरकार हुन नसक्ने बताएका छन्।

ललितपुर युवा सङ्घले आफ्नो २६ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रियताको जगमा निर्माण भएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताए।

उनले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल सहभागी भएको राष्ट्रिय सरकारको खाँचो रहेकाे भन्दै त्यसका लागि तीन दल खुला हुनुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्री नेपालले मौलिक संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण गरी नेपाली परम्परा तथा राष्ट्रको पहिचान फैलाउनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए । रासस

 

प्रकाशित: २४ असार २०७३ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App