coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘खाँ जेल जादाँ दुखी हुने समुदायमा उत्साह छाएको छ’

अब्दुल खाँ।

उमेरले ३६ वर्ष नकाटेको मधेशी समुदायको ठिटो अब्दुल खाँ। बिखन्डकारीको आरोपमा पटक पटक गिरफतारी पर्ने खबरले आजित शुभचिन्तक। स्वतन्त्र मधेशको पक्षमा उभिदा १४ (चौध) पटक गिरफ्तारी परेका खाँको  इतिहास। 

कारागार जाने र निस्कने  क्रम निरन्तर चलिरहदा नथाकेका अब्दुल खाँ सत्ता गठबन्धनबाट उद्योग तथा बाणिज्य मन्त्रालयको मन्त्री पद सम्हाल्ने समाचार धुवा सरी फैलिएको छ। खाँको मन्त्रीसम्मको बिगतको यात्रा कठिन भएको स्मरण गर्छन सहकर्मी।  

गुलरिया नगरपालिका वाड नं–११ बस्ने खाँको गाउँको नाम वरिपुरुवा हो। गिरफ्तारीको मात्र खबर पाउँने खाँका आफन्त,ईष्ट मित्र र समुदायमा यतिबेला मन्त्रीको सपथ खादा बेग्लै किसिमको खुसी छाएको छ।

खाँ मन्त्री बन्दा ईष्ट मित्र र समुदाय दंग छन्। बिखन्डकारीको आरोप लागेर गिरफतार पर्ने  खाँ मन्त्री बन्दा गाउँमा उत्साह छाएको स्थानीयले प्रतिक्रिया दिए।

स्थानीय तहको चुनावमा  गुलरिया नगरपालिकाको १० नम्बर वडामा अध्यक्ष पदमा बिजयी भएर स्थानीय सरकारमा प्रतिनिधित्व जनाएको जनमत पाटीले केन्द्र सरकारको मन्त्रालयको  नेतृत्व गर्ने अवसर पाउँदा समुदायको जिवनस्तर उकास्न परिवर्तन ल्याउँने कार्यकर्ताले अपेक्षा गरेका छन्।

पाटी हुर्काएका मधेशी समुदायका युवा अन्तत समुदायको नेतृत्व गर्दे सत्ताको हिसेदार बन्दा खुसी भएको बिद्यार्थीका जिल्ला अध्यक्ष बिपिन सोनकारले बताए। ‘पटक पटक पक्राउ पर्दा हामी दुखी थियौ’ उनले भने,‘मन्त्री बन्दा संर्घष गर्दा लागेको घाउँमा मल्हम लागेको छ।’ 

खाँ परिवारका कान्छा छोरा हुन्। २०४३ सालमा जन्मेका उनी पहिलो पाठशाला स्थानीय मदर्शा हुदै काठमाडौंमा उच्च शिक्षा हासिल गरेका उनी राजनीतिमा प्रबेश गरेको पारिवारीक स्रोतले बताएको छ। राजनीतिमा प्रबेश गरे लगत्तै मधेशको इतिहासको परिचय, सहित्य जागृत अभियानमा अग्रणी भूमिका रहेका खाँ पाटी अध्यक्ष सिके राउतसँगको लगाब बढदै गएको अध्यक्ष सोनकारले बताए। एनजीओ  र आईएनजीओको जागिर छोडेर खाँ राजनितिमा लागेको उनी बताउँछन्।

२०७९ सालमा अध्यक्ष डा. राउतद्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी पाएका खाँ मुस्लिम कोटाबाट सामानुपातिक तर्फबाट प्रतिनिधि सभामा चयन भएका हुन्।

‘जनमत पार्टी बिखण्डनकारी होइन। अब हामी जनताको सेवा गर्न चौकिदारी गर्छौ,’बिद्यार्थीका अध्यक्ष सोनकार भन्छन,‘अब हाम्रो जनप्रतिनिधिले भष्ट्राचार विरुद्धको अभियन्ताको रुपमा काम गर्नु हुनेछ,देशको बारेमा साच्नु हुनेछ।’ चौध पटक कैदी जिवन विताएका खाँले  बर्दिया, बाँकें, रुपन्देही, नवलपरासी, सिरहा, काठमाडौंको हिरासतमा अधिकांश दिनरात काटेको  सोनकार स्मरण गर्छन। प्रहरीको पिटाइले कानका जाली फुट्दा खाँको कानमा समस्या रहेको उनले खुलाए।

सरकारसँगको सम्झौता पछी संगठन निर्माण गर्ने अवसर खाँलाई मिलेको थियो। २०७७ सालमा पार्टीको जनकपुरमा सम्पन्न महाधिवेशन मार्फत पार्टीको दोस्रो अर्थात प्रथम राष्ट्रिय उपाध्यक्ष बनेका खाँ मन्त्री सम्मको यात्रा आरोह र अवरोह रहेको जिल्ला अध्यक्ष सोहराव पठान बताउँछन्।

प्रकाशित: ११ पुस २०७९ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App