२५ श्रावण २०७७ आइतबार
राजनीति

क्रान्तिबाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने घोषणा

काठमाडौं–नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ। मञ्चले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताहरुले लोभ लालचमा हिन्दु राष्ट्र बिक्री गरेको आरोप लगाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय, धार्मिक संघ सस्था र जनताको बलमा हिन्दु राष्ट्र कायम गरिछाड्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका संस्थापक अध्यक्ष इन्जिनियर विष्णु प्रसाद बरालले नेपाललाई हिन्दु राष्ट्र कायम गराउने विषयमा हिन्दुधर्मका महान गुरु शंकराचार्यसहित धामिर्क गुरु र अभियन्ता सहमत भइसकेको भन्दै यस विषयमा नेपालका राजनीतिक दलहरुले तत्कालै नसोचे ठूलो आन्दोलनमार्फत हिन्दु राष्ट्र पुनःस्थापना गरिछाड्ने दाबी गरे।

कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा जगतगुरु शंकारचार्य अनन्त श्रीविभुषित स्वामी नरेन्द्रानन्द सरस्वती, अखिल भारतीय अखडा परिषद श्री १०८ महन्त नरेन्द्र गिरी, माँ नर्मदा अन्नक्षेत्र भागवत परामार्थिक लोक सेवा ट्रष्ट, अखिल भारतीय चाणक्य परिषद, वल्र्ड पिस कम्पाइजिन, नर्मदा परिक्रमा पर्यावरण संरक्षण संगठनलगायतका भारतीय धार्मिक संस्थाको समर्थन पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो। जसमा नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउन सबै खाले सहयोग गर्ने प्रतिबद्धतासहित नेपालमा चलाइने अभियानमा समर्थन व्यक्त गरिएको छ।

 

प्रकाशित: २३ असार २०७३ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App