१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रिय सहमतिका लागि छलफल गर्न एमाले तयारः खनाल

काठमाडौँ नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताएका छन्। 

एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै उनले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न आग्रह गरे। 

व्यवस्थापिकासंसद् परिसरमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा आज सोधिएको प्रश्नमा उनले भने, “संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ, त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ।रासस

प्रकाशित: १९ असार २०७३ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App