६ वैशाख २०८१ बिहीबार
राजनीति

संसदीय ब्यवस्थाको औचित्य समाप्त भयो: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले संसदीय ब्यवस्थाको औचित्य समाप्त भएको दाबी गरेका छन्। उनले मुलुकमा सघियताको औचित्य नभएको  भन्दै हालको नेता व्यवस्थापन सघियता भन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औल्याए। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन। 

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको बताए। पाँच वटा पार्टी मिलेर चुनाव लडदा समेत बहुमत नआउनु नै यो व्यवस्था खारेज गर्नुु पर्ने बताए। 

‘ पाच दल मिलेर चुनावमा गए नागरिकले पत्याएन अब नेपालमा एकिकृत जनक्रान्तीको आवश्यक भएको छ, सबै मिलेर गरौ उनले भने। सबै राजनितिक दल सोच्नु पर्ने समय आएको बताउदै नागरिकको चहाना अनुसार विकल्प बैज्ञानिक समाजवाद तर्फ लाग्नु पर्ने उनले बताए। पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको बताए उनले राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे। ‘ हामिले थालेको क्रान्ति मान्छे मार्ने होईन, वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति खोजेका हौ ’ उनले भने। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताए । पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टिहरु एक हुनुपर्नेमा जोड दिदै उनले नेपाललाई सिध्याउन चाहाने विदेशी शक्तीहरुको निन्द्रा हराम भएको जिकिर गरे। कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश  अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।  

प्रकाशित: २३ मंसिर २०७९ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App