coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाका गणेश पौडेलद्वारा रुपन्देही २ मा पुन: मतदानको माग गर्दै सर्वोच्चमा रिट

रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पुन मतदानको माग गर्दे राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले आज सर्वोच्चमा रिट निवेदन दिएका छन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट नेकपा  एमालेका उपाध्यक्ष समेत रहेका बिष्णु पौडेल निर्वाचित भएका थिए। पौडेलले २७ हजार १४८ मत ल्याएका थिए। दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए।

पौडेलले मतगणनाका क्रममा आफू सहित निर्वाचनमा सहभागी अन्य दलहरूलाई समेत मतगणना स्थलमा प्रवेश निषेध गरी निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरूले एकलौटी ढंगबाट मतगणना सकिएको भन्दै एमालेका बिष्णु पौडेललाइ विजयी घोषणा गरेको आरोप लगाएका छन्।

निर्वाचन अधिकृतको कार्यालय रुपन्देही २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद बिष्णु पौडेल सहितका ८ जनालाई विपक्षी बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका हुन।

प्रकाशित: २० मंसिर २०७९ १७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App