coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गगन थापालाई प्रधानमन्त्रीमा समर्थन गर्ने डा. शेखर कोइरालाकाे संकेत

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता डा शेखर कोइराला। तस्बिरहरूः चुमन बस्नेत/नागरिक

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापालाई प्रधानमन्त्रीमा समर्थन गर्ने संकेत गरेका छन्। मंगलबार विराटनगरमा काँग्रेसका नेता गुरु घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक कृतिको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्रीमा गगन थापालाई समर्थन गर्ने संकेत गरेका हुन्।  

डा. कोइरालाले गठबन्धन गरेर चुनावमा लडेको नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ गत निर्वाचनको भन्दा बढी मत ल्याए पनि समानुपातिक तर्फको मत घटेको भन्दै चिन्ता व्यक्त गरे। ‘ २३ बाट ५७ सिट भएकोमा खुसी हुनुपर्ने अवस्था छैन’ डा कोइरालाले भने ‘हामो पपुलर मत ७ प्रतिशतले किन घट्यो भन्ने तर्फ गम्भीर हुनुपर्छ।’ कोइरालाले अघिल्लो निर्वाचनमा समानुपातिक तर्फको मत ३२ रहेकोमा यो निर्वाचनमा घटेर २५ मा झरेको भन्दै पपुलर मत बढाउने तर्फ सोच्नुपर्ने  बताए। कोइरालाले  काँग्रेसको  नेतृत्वमा नयाँ सरकार बन्ने र नयाँ सरकारले  काँग्रेसको सरकार गिर्न नदिने स्पष्ट पारे। गगन थापा प्रति लक्षित गर्दै कोइरालाले युवाहरूले सरकारको नेतृत्व गर्ने चाहना राखिरहेको भन्दै युवाहरूलाई सहयोग गर्ने बताए। ‘युवाहरू अघि बढ्ने चाहना गरिरहनु भएको छ’ उनले भने‘ तपाईहरू सही दिशामा हिँड्नुस्। हामी सहयोग गर्छौँ। तर, भ्रष्टाचार नियन्त्रण, लोकतन्त्रको सुदृढीकरण र  सुशासनमा कुनै सम्झौता हुनेछैन।’  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एउटै काम एउटै नेतृत्वबाट उही  तरीकारले गरेर अर्को परिणामको  अपेक्षा गर्नु मूर्खता मात्रै भएको बताए।  उनले भने‘ एउटै काम एउटै तरिकाले गरेर  अर्को परिणामको अपेक्षा गर्नु मूर्खता मात्रै हो।’ सरकार बनाउने सोच राख्ने तर, केका लागि भन्ने स्पष्ट नहुने प्रवृत्ति नेपाली राजनीतिमा दोहोरिइरहँदा राजनीतिक दलहरू प्रति नै वितृष्णा पैदाभइरहेको थापाले बताए। उनले गठबन्धनको सरकार बन्छ भनिरहँदा केका लागि भनेर स्पष्ट हुनुपर्ने धारणा राखे। उनले नयाँ सरकारको नेतृत्व स्पष्टता, प्रतिबद्धता र नैतिकता भएको हुनु पर्ने। त्यस्तो सरकारले मात्रै मुलुकलाई परिवर्तन गर्न सक्ने थापाको भनाई छ। देश बिग्रियो, बर्बाद भयो नेतृत्व गतिलो भएन भन्ने हामी  बदल्न  आउँछौँ भन्दा उमेर सोध्ने प्रवृत्ति रहेको  थापाले बताए। उनले भने‘देश बिग्रियो भन्ने, नेतृत्व गतिलो भएन भन्ने, युवाहरूले हामी  बदल्न आउँछौँ भन्दा उमेर सोध्ने हो भने देश सप्रिंदैन।’ थापाले भने‘काँग्रेसले यो पटक सरकार चलाएर  सरकार यसरी चलाउने भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्ने बताए।’ उनले सुशासनबाट मात्रै पार्टीमा जनताको क्रेज बढ्ने स्पष्ट पारे।

नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले नेपालमा राजनीतिक परिवर्तन छिटो भए पनि राजनीतिले बाटो बिराएको बताए। लडाइमा, आन्दोलनमा जनताका छोराछोरी चाहिने पदमा पुगेपछि आफन्त, नातागोता र परिवारका सदस्यलाई मात्रै अवसर पाउने अवस्थाले राजनीतिक दलहरूप्रति जनतामा  निराशा छाएको बताए। भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै वर्तमान नेतृत्वबाट मुलुकले निकास नपाउने भएकाले नेतृत्व बदल्न जरुरी रहेको स्पष्ट पारे। ‘राजनीतिको रोगलाई निवारण गर्ने डाक्टर हामी नै बन्नुपर्छ ’ उनले भने‘ वर्तमान नेतृत्वबाट मुलुकले निकास नपाउने भएकाले  सरकारको नेतृत्व बदल्नुपर्छ।’ भण्डारीले प्रधानमन्त्री बन्न चाहने तर, किन बन्ने भन्ने उद्देश्य नै नराख्ने, दृष्टिकोण नै नभएको नेतृत्वबाट देशले निकास पाउन नसक्ने स्पष्ट पारे।  

प्रकाशित: २० मंसिर २०७९ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App