२५ माघ २०७९ बुधबार
राजनीति

महाकाली घटनाबारे रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले महाकाली घटनाबारे ध्यानाकर्षण गराएको छ।  प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।

महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,'भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने,  ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुस्खद, अतिक्रमणकारी र भर्त्सनायोग्य छ। यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरू भत्काउन भारत सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशिघ्र कूटनीतिक पहल सुरू गरिहाल्न, घाइते तथा पीडितको औषधोपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौं।'

प्रकाशित: १९ मंसिर २०७९ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App