४ वैशाख २०८१ मंगलबार
राजनीति

कर्णाली प्रदेश सभामा भण्डारी कान्छा सांसद

२४ प्रत्यक्ष निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरूमा सबैभन्दा कान्छा सांसद ३९ बर्सिया घनश्याम भण्डारी रहेका छन्। दैलेख–२ (क) प्रदेश सभा सांसद निर्वाचित भण्डारी प्रदेश सभामा कान्छा सांसद हुन्।

समानुपातिक तर्फको नजिता सार्वजनिक नहुँदा प्रत्यक्ष तर्फ निर्वाचित सांसद भण्डारी पत्रकारिताबाट सांसदसम्म यात्रा तय गरेका हुन्। भण्डारी नेपाली काँग्रेसको दुई पटक क्षेत्रीय सभापति निर्वाचित हुँदै २०७४ को स्थानीय तहको निर्वाचनमा दुल्लुनगर पालिकाको नगर प्रमुख हुन्।

भण्डारी दैलेख काँग्रेसको जिल्ला सभापतिमा झिनो मतले पराजित भएका थिए। कलिलै उमेरमा राजनीतिमा होमिएका भण्डारी युवाहरूबिच लोकप्रिय नेता हुन्। कर्णाली प्रदेश सभामा नयाँ निर्वाचित सांसदहरूमा ३९ वर्षदेखि ६६ वर्ष उमेर समूहसम्मका रहेका छन्। ६० वर्ष उमेर नाघेका तिन जना सांसद रहेका छन्। दैलेख –२ (ख) विनोद कुमार शाह, सुर्खेत –२ (क) बाट यामलाल कँडेल र कालिकोट (ख) बाट हिकमतबहादुर विष्ट रहेका छन्।

समानुपातिक मत परिणाम अनुसार कर्णालीमा नेकपा एमाले र कांग्रेसले ५/५ सिट, माओवादी केन्द्रले ४ सिट, समाजवादी र राप्रपाले १/१ सिट पाउने देखिन्छ। समानुपातिक तर्फको मतगणना सकिए पनि सिट बाँडफाँट भने भैसकेको छैन। निर्वाचन आयोगको सार्वजनिक विवरण अनुसार ५ लाख ७७ हजार ८२९ सदर मतमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत, नेपाली काँग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ मत, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८ सय २६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १ सय ८३ मत र अन्य दलहरूले २४ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

निर्वाचित प्रदेश सांसदहरूले प्रमाणपत्र समेत पाइसकेका छन्। कर्णालीको प्रदेश सभामा नेपाली काँग्रेसले ९, नेकपा माओवादी केन्द्रले ९, नेकपा एमालेले ५ र स्वतन्त्रले १ सिट जितेका छन्। कर्णालीमा प्रतिनिधि सभा तर्फ १२ सांसद रहेका छन्।

प्रकाशित: १८ मंसिर २०७९ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App