८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छन्। प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए। 

प्रकाशित: १८ मंसिर २०७९ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App