८ वैशाख २०८१ शनिबार
राजनीति

भीम रावललाई बालेनको जवाफ: अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि भेटेको हुँ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको बताएका छन्।

शुक्रबार दिउँसो एमाले नेता भीम रावलले मेयर बालेन शाहले अमेरिकी राजदूतसँगको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो वा होइन भन्दै प्रश्न उठाएका थिए। सोहि प्रश्नको जवाफ फर्काउँदै शाहले  अमेरिकी राजदूतलेनै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको बताएका छन्।  

उनले लेखेका छन्,'अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।'  

शाहले आफूलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको बताएका छन्। 'उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ', उनले लेखेका छन्।

प्रकाशित: १६ मंसिर २०७९ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App