coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ अघि बढाउन आवश्यकः नेता सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।

बिहीबार मेलम्ची अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भुमिका खेल्नुपर्ने बताएका हुन्।  

‘यत्तिका वर्ष लगाएर अर्बौं रुपैयाँ खर्च गरेर राष्ट्रको गौरवको परियोजनाको रिजल्ट नै नदिकन कहाँ पुग्ने हो भन्नेमा डर छ भन्नेकुरा छ’ उनले भने, ‘हामीले संसददेखि सम्बन्धित ठाउँमा काठमाडौंको खानेपानीको व्यवस्थित गर्नको लागि मेलम्ची र हेलम्बुको पालिकालाई पनि कन्सल्ट गरेर उचित बाटोमा लैजानुपर्छ।’

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको सिंहले बताए।  

उनले काठमाडौंमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत पैसा स्थानीय पालिकाहरुलाई दिनपर्ने र त्यसमा कुनै तलमाथि हुनु नहुने स्थानीय तहको माग रहेको पनि बताए। ‘पानी काठमाडौंमा पठाइसकेपछि उठेको पैसा २५ प्रतिशत पालिकाले पाउनुपर्छ’ उनले भने ‘त्यसमा तलमाथि गर्नुहुँदैन। कम्पेनसेसन समयमा नै सरकारले गर्नुपर्छ।’  

नेता सिंहले संघीय सरकारले चासो नदिँदा अहिले मेलम्चीको पानीको व्यवस्थापन काम चलाउ मात्रै भइरहेको गुनासो स्थानीय तहले गरेको बताए।

प्रकाशित: १६ मंसिर २०७९ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App