८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा सदस्य पौडेलले गुनासो एप सञ्चालन गर्ने

नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालनमा ल्याउने भएका छन्। काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।

‘प्रतिस्पर्धी उमेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग  डिजिटल कनेक्टिभिटी एपको अवधारणा मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सञ्चालनमा ल्याउने निधो गर्‍यौं,’ पौडेलले भने।

क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवारसँग छलफल कार्यक्रम सुरु गरेको पौडेलले बताए। निर्वाचनको दौरानमा अन्य उम्मेदवारले प्रस्तुत गरेका प्रतिवद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अघि बढ्ने समेत पौडेलले प्रतिवद्धता जनाए।

प्रकाशित: १४ मंसिर २०७९ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App