७ वैशाख २०८१ शुक्रबार
राजनीति

सातदिन पछि आफन्तले बुझे चेतनको शव: मार्तडीमा श्रद्धाञ्जली सभा, शवयात्रापछि मौरेमा दाहसंस्कार

कुटपीट पछि हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको सातदिन पछि दाह संस्कार गरिने भएको छ। हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले सातादिन पछि शव बुझेर दाहसंस्कार गर्न लागेका हुन्। अयडीको मंसिर ४ गते साँझ कुटीकुटी हत्या गरिएको थियो।  

बयालगडा अस्पता अछाम लिँदै गर्दा बीच बाटोमै प्राण त्यागेका अयडीको शव जिल्ला अस्पताल बाजुरामा राखिएको छ। पोष्टमार्टम गरिएपनि शव बुझ्न आफन्तले मानेका थिएनन्। प्रहरी प्रशासनले पक्राउको ग्यारेन्टी र कारबाही प्रक्रिया अघि बढाइ सकेको र क्षतिपूर्तिका लागि निर्णायक पहल सुरु गरेपछि आफन्तले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन्।

नेकपा एमालेको विद्यार्थी संगठनको केन्द्रीय राजनीतिमा सक्रिय चेतन अयडीको दाहसंस्कार भव्य रुपमा गर्न लागिएको छ। विद्यार्थी राजनीतिको योद्धा र बाजुराली राजनीतिको भविष्य बोकेको युवाको अन्त्यष्टी भव्यताका साथ गर्न लागिएको नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी विकले बताएका छन्।

अयडीको शवलाई श्रद्धाञ्जलीका लागि १० देखि ११ बजेसम्म खुला मञ्च मार्तडीमा राखिने भएको छ भने श्रद्धाञ्जली सभा पछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिने छ। मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिने आफन्तले बताएका छन्।

हजारौंको संख्यामा सर्वसाधारणको उपस्थितिमा शव यात्रा र अन्त्यष्टी गर्ने एमालेले तयारी गरेको छ। पार्टी संगठन बलियो पार्न खेलेको भूमिकाको उच्च सम्मान सहीत दाह संस्कार गर्न लागिएको हो। श्रद्धाञ्जली सभा र शव यात्रामा सिंगो पार्टी कमिटीका नेताहरु सहभागि हुने भएका छन्।  

दर्जनौ गाडी र मोटरसाइकल बीचमा गरिने शव यात्रामा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयाल बहादुर शाही, सहदेव बोगटी जिल्ला अध्यक्ष कालीबहादुर शाही, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष सचिव उपसचिव सहीत सबै जनसंगठनका नेता कार्यकर्ता सहभागि हुने छन्।

मंसिर ४ गते भएको संघ र प्रदेश सभा निर्वाचनको दिन बुथ कब्जा गर्न रोकेको आरोपसहित स्थानीय काँग्रेस कार्यकर्ताले कुटीकुटी हत्या गरेका थिए। सोही दिनको बुथ केन्द्रमा भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको भने आफन्तले यस अघि नै दाहसंस्कार गरिसकेका छन्।  

चेतन अयडीको हत्याको आशंकामा आफन्तका तर्फबाट २२ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन्। उजुरी दिएका मध्ये २ जना पक्राउ परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। शवको दाहसंस्कार गरेपनि नेकपा हत्यारा पक्राउ र कब्जा गरिएका १६ वटा बुथको पुन मतदान नगराएसम्म आफ्नो चरणवद्ध आन्दोलन भने जारी राख्ने नेकपा एमालेले बताएको छ।  

प्रकाशित: १२ मंसिर २०७९ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App