coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवन ३ (ख) मा माओवादीका ढकाल विजयी

चितवन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का ठाकुर प्रसाद ढकाल विजयी भएका छन्।

उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतले पछि पार्दै विजयी भएका हुन्। ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरुङले १४ हजार ६१५ मत ल्याएर पछ्याएकी थिईन्। यद्यपि औपचारिक रुपमा निर्वाचन अधिकृतले घोषण गर्न भने बाँकी छ।

ढकाल माडि नगरपालिकाका निवर्तमान प्रमुख हुन् भने गुरुङ निवर्तमान वाग्मती प्रदेश सांसद हुन्। एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरिन्।

प्रकाशित: ९ मंसिर २०७९ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App