७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादीका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका भण्डारीको ह्याट्रिक जित

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन्। उनले बैतडीबाट लगातार तेश्रो पटक जितेर ह्याट्रिक गरेका छन्। अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।  

भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए। कुँवरलाई १ हजार ५ सय ३१ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन्।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। २०७४ को संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित जितेका थिए। यसअघि एमालेको सरकारका पाला उनी अर्थ वाणिज्य राज्यमन्त्री समेत भएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App