८ वैशाख २०८१ शनिबार
राजनीति

चितवनमा ठुला दलको हैसियत खुम्चियो

चितवनको क्षेत्र नम्बर १ पञ्चायतकालदेखि नै नेकपा (एमाले) र नेपाली कांग्रेसले जित्दै आएको निर्वाचन हो। यहाँबाट २०४६ सालपछिका निर्वाचन मध्ये २०५६ सालमा नेपाली कांग्रेसकी सावित्रि बोगटीले निर्वाचित भएकी थिइन्। अन्य निर्वाचन एमालेले नै जित्दै आएको थियो। 

यसपटक एमाले र कांग्रेसले नै निर्वाचन जित्ने अनुमान अधिकांशले गरेका थिए। तर, भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पाटीले अप्रत्यासित रुपमा जित हासिल गर्‍यो। यहाँबाट रास्वपाका हरि ढकाल विजयी भएका छन्। उनले पुर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेलाई ७ हजार ५८१ मतान्तरले पछाडि पारे। पाण्डे यसअघि यही क्षेत्रबाट दुई पटक निर्वाचित सांसद समेत हुन्। ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ मत मात्र ल्याउन सके। त्यहाँबाट नेपाली कांग्रेसका डा.विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे।

चितवन क्षेत्र नम्बर २ मा पनि ठुला दलाहरुले जित्दै आएका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३४ हजार १९९ मतान्तरले जित हासिल गरे। लामिछानेले ४९ हजार २६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८२ पाए। एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४९ मत ल्याए तेस्रो भए। अहिले ठुला दलहरुको वितिष्णा रहेको बताउँछन् । इतिहास बिद् एवम् समालोचक डिआर पोखरेल। ‘ठुला दलहरुले आफ्नो कर्तव्य विर्षेका छन्। आफ्नो मान्छेको वरिपरि मात्रै राजनीतिलाई राख्ने काम गरे। कम्यूनिष्ट पाटीहरुले वर्गियता विर्षे। त्यसपछि स्वार्थ केन्द्रित भए,’ उनले भने, ‘अवसरबाद उनिहरुमा हावी भएकाले र जनता प्रति अनुत्तरदायी भएको हुनाले उनीहरुलाई जनताले दण्ड दिएकै हुन्।’ 

प्रतिनिधिसभा तर्फ चितवनमा ३ वटा निर्वाचन क्षेत्र छन्। त्यसमध्ये १ र २मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरिसकेको छ । ३ नम्बर क्षेत्रमा पनि ठुला दल पछाडि छन्। ५५ हजार ८१० मत गन्दा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे ८ हजार ५१ मतले अगाडि छन्। अहिले नेताहरुकै कारण ठुला पार्टीले मत नपाएको प्राध्यापक उद्धव जोशी बताउँछन्। ‘अहिले देशमा ठुला दलहरुको मनपरी छ। महंगी बढेको छ। रोजगारी छैन,’ उनले भने ‘उनीहरु सत्ताकेन्द्रित भए जनतालाई हेरेनन्। जनताले परिर्वन चाहेका छन्।’

मध्यभागमा पर्ने चितवनका राजनीतिक दलहरुले पछिल्ला बर्ष जनसरोकारका विषय त्यति उठाएको पाईदैनथ्यो। नेताहरु गुटकेन्द्रत र व्यक्ति केन्द्रित हुँदै आएको आरोप लाग्ने गर्दछ। जनता प्रति अनुत्तरदायी भएकाले ठुला दल हार्न पुगेको विश्लेषण उनको छ। चितवनबाट चितवनको पृष्ठ भूमि नभएका व्यक्तिले जितेका छन्। अझै पाटीगत संरचना पनि त्यति नबनिसकेको अवस्थामा उनीहरुले यहाँको लागि त्यति उल्लेख्नीय काम गर्नेमा उनको संका छ।  

यसअघि जितेर गएका जनप्रतिनिधिलाई काम नगरेको आरोप लाग्दै आएको छ। तर, मान्न तयार छैनन्, पुर्व सांसद कृष्णभक्त पोख्रेल। ‘पुराना राजनीतिक दलहरुले गर्न सकेन कि । परम्परागत शक्तिले लोकतन्त्र गणतन्त्र ल्याए तर, जनतालाई अनुभूति हुने काम अझै भएन। अर्को शक्तिले गर्छ कि भनेर आशा जगाएको देखिन्छ,’ पराजित भएपछि पोख्रेलले भने,‘संसदले पहिलो गर्ने काम विधि निर्माण हो। त्यसमा मैले एक नम्बरमा भूमिका निर्वाह गरेको छु । मेरै नेतृत्वमा १७६ भन्दा बढी कानुनहरु निर्माण भएका छन्।’ उनले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना गरेको जिकिर गरे।

६ वटा प्रदेशसभा मध्ये ५ वटाको नाम नतिजा आइसेको छ । त्यसमा नेकपा (एमाले) ले २, नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले समान १ सिट जीत निकालेका छन्। प्रदेशमा स्वतन्त्र पार्टीले आफ्नो उम्मेद्वारी दिएको थिएन्।

अघिल्लो २०७४ को निर्वाचनमा नेकपा एमालेले २ र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा तर्फ १ स्थानमा जित निकालेको थियो। अहिलेको नतिजा अनुसार ठुला दल विजयी हुने सम्भावना निकै न्यून देखिन्छ।

सहरी क्षेत्रका अधिकांश जनताले नयाँ अनुहारलाई मन पराएको देखिएको छ। त्यस मध्ये चितवन पनि एक हो।  तर, ठुला दलको वितिष्णामा जनताले मत दिएपनि उनीहरुबाट पनि ठुलो आशा भने गरेको पाईदैन। त्यसैले जनअपेक्षा अनुसार, संसदिय भूमिका निर्वाह गर्न तर्फ नवनिर्वाचित उम्मेद्वार लाग्न आवश्यक छ।  

प्रकाशित: ८ मंसिर २०७९ १७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App