७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुकुम पश्चिममा जनार्दन शर्मा फराकिलो मतान्तरले अगाडि

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका लागी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउदै लगेका छन्। शर्माले २९ हजार ३ सय  मत ल्याएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ९ हजार ४ सय ५६ मत ल्याएका छन्। स्वतन्त्र उमेदवार तारक केसी २ हजार ४ सय ४३ मत सहित तेस्रोमा छन्।

त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले १२ हजार ९६ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ४ हजार ६ सय ४४ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ६ सय १३ ल्याएका छन्।

प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले १६ हजार ८ सय ७८, एमालेका कर्ण बहादुर घर्ती मगरले ६ हजार ९ सय २६ मत प्राप्त गरेका छन्। 

रुकुम पश्चिममा एक लाख चार हजार २ सय ८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App