coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।  

नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमाले नेता खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन्।  

सम्पन्न मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मतमा समेटिएका हुन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन्। ३ हजार ३ सय ७३ मत बदर भएको छ।

२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई ६ सय ७१ मतले पराजित गर्दै लोहनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५६को निर्वाचन प्रतिनिधिसभा सदस्यमा झिनो मतान्तरले निर्वाचित अधिकारी २०६४ र २०७०मा पराजित भएक थिए । 

२०४८ र २०५१को निर्वाचनमा एमाले उम्मेदवार निर्वाचित भएका थिए । त्यस्तै , धादिङ २को प्रदेश क बाट कांग्रेसका गोविन्द लम्साल र ख बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ निर्वाचित भएका छन् । त्यस्तै, धादिङ १को प्रतिनिधिसभातर्फको मतगणना जारी छ । त्यहाँ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले अग्रता कायम गर्दा एमालेका भूमी त्रिपाठीले पछ्याइ रहेका छन् । प्रदेश क लेभ ने कांग्रेसका मधु श्रेष्ठ र ख मा माओवादीका शालिग्रँम जमरकटेल निर्वाचित भएका छन् ।

प्रकाशित: ८ मंसिर २०७९ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App