१६ मंसिर २०७९ शुक्रबार
राजनीति

बाँकेको ३ (ख) मा काँग्रेसका कुर्मी निर्वाचित

बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने प्रदेश सभा(ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन्। काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन्।  

कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम  प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५०  मत ल्याए।  

यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन्।

कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो। यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो। निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App