७ वैशाख २०८१ शुक्रबार
राजनीति

बारा ४ को प्रतिनिधीसभा सदस्यमा पूर्वमन्त्री श्रेष्ठ विजयी

बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एसका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। श्रेष्ठले नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।  

सत्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे। मुस्लिम समुदायको पकड मानिने निर्वाचन क्षेत्र नम्बर ४ मै घर भएका एमाले उम्मेदवार मियाँलाई श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्।

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए। 

प्रकाशित: ७ मंसिर २०७९ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App