८ वैशाख २०८१ शनिबार
राजनीति

चितवन ३ मा राप्रपाका पाण्डे ६ हजार भन्दा धेरै मतले अगाडि

क्याप्शन

चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनी माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।

उनले अधिकारीलाई ६ हजार ६७३ मतान्तरले पछि पारेका छन्। पाण्डेले १५ हजार ५३ मतसहित अग्र स्थानमा छन्। माओवादी उम्मेदवार अधिकारीले ८ हजार ३८० मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जीता बरालले ७ हजार ५५७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ५ हजार ४ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App