५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाँके २ मा राप्रपाका महामन्त्री डा. धवलसम्शेर निर्वाचित

बाँके प्रतिनिधी सभा क्षेत्र  नम्बर २ मा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा निर्वाचित भएका छन्। डा. राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरी निर्वाचित भएका हुन्।  

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रहेका पूर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतको अन्तरले हराउँदै राणा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए। राईले २३ हजार ५ सय २० मत प्राप्त गरे।  

सबैभन्दा बढी मत प्राप्त गर्ने राणालाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको उनले बताए। दुई दिनसम्म लगातार चलेको मतगणनाको अन्तिम परिणामबाट राणा निर्वाचित भएका हुन्। यस्तै नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्।  

उक्त क्षेत्रमा राप्रपाका महामन्त्री राणालाई नेकपा एमालेको समर्थन रहेको थियो भने, नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनले सुदीनरसिंह राणालाई अगाडी सारेको थियो। राणाले यसअघि दुई पटक नेपालगन्जको मेयर भएर काम गरेका थिए।

प्रकाशित: ७ मंसिर २०७९ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App