७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसका पटेल र चौधरी प्रदेशसभा सदस्यमा विजयी

पर्साबाट प्रदेशसभा सदस्यमा विजयी बनेका पटेल र चौधरी।

पर्सामा नेपाली कांग्रेसका दुई जना उम्मेदवारहरुले प्रदेश सभा सदस्यमा विजयी बनेका छन्। निर्वाचन क्षेत्र नम्बर २ (क) बाट  श्याम पटल र ४ (क) बाट शंकर चौधरी विजयी बनेका हुन्।

पटेलले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।  

पटेलले १३ हजार ७ सय ८४ मत पाएका छन भने जसा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाएका छन्।  

त्यसै गरि चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका जयप्रकाश थारु भन्दा १६ सय ७४ मत बढी ल्याएर बिजयी बनेका हुन्।

चौधरीले १२ हजार एक सय ५४ मत पाएका छन भने एमालेका थारुले १० हजार चार सय ८० मत पाएका छन्।

पर्सामा ४ वटा प्रतिनिधिसभा सदस्य र बाँकी ६ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ । 

प्रकाशित: ६ मंसिर २०७९ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App