coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनाल इलाम १ मा १३ सय मतान्तरले पछाडि

इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ३ सय ३३ मतान्तरले पछि परेका छन्।  

नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले खनाललाई एकतिहाई मतगणना सकिँदा लगातार अग्रता बढाउँदै लगेका हुन्। अहिले साँझ ६ बजेसम्म २१ हजार ५ मत गणना गर्दा बस्नेतको ९ हजार १ सय ५ मत आएको छ। खनालले ७ हजार ७ सय ७२ मतसहित पछ्याइरहेका छन्।  

मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचेको ९ सय ३ मत आएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।  

प्रकाशित: ६ मंसिर २०७९ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App